Agnibatika - अग्निवाटिका

Agnibatika - अग्निवाटिका




Agnibatika is great Nepali Novel written by Tarini Prasad Koirala. Agnibatika was first published in 2068 B.S. This Nepali novel is distributed by oriental publication. You can listen audio version of Nepali Novel Agnibatika from the Ujjalo 90 Network program Shruti Sambeg with the crystal clear voice of Achyut Ghimire. For More Nepali Novel audio please visit us regularly.



  भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
~
तारणी प्रसाद कोइराला


कुनै समय सर्पदंश लेखेर बालयौन-मनोविज्ञानमा चर्चा कमाएका आख्यानकार हुन्, तारणी प्रसाद कोइराला  उनको रातो स्वेटर कथासंग्रहले पनि त्यत्तिकै प्रशंसा पाएको हो । अहिले यिनै आख्यानकारको अर्को यौनवादी आख्यान प्रकाशित भएको छ, अग्निवाटिका । यो एउटा किशोरका यौनक्रीडाको सरल भाषामा बुनिएको विभिन्न आयाम, भोगाइ र अनुभूतिको जटिल परघिटनाहरूको कथा हो । यस आख्यानले एउटा किशोर पात्रको भोगाइमार्फत विभिन्न उमेर र सम्प्रदायका स्त्रीजातिको यौनेच्छा र प्रवृत्तिलाई सूक्ष्मतर रूपमा व्याख्या गरेको छ ।

विराटनगरको १६ वर्षे एउटा किशोरको यौनेच्छा पहिलो अनुभूति अप्राकृतिक यौनक्रीडाबाट सुरु हुन्छ, लेखकको भाषामा 'वासना-ज्ञानको नौलो परच्िछेदको प्रारम्भ' । तर, उसको सक्कली वासनाको आरम्भ त ऊ आफूभन्दा दुई वर्ष कान्छी किशोरीबाट हुन्छ । त्यसपछि उसले यसका लागि उमेर र समूह छुट्याउन भ्याउँदैन । स्थान र अवस्था पनि निर्धारति हुँदैनन् । उसको दिनचर्याको महत्त्वपूर्ण समय यस्तै कर्मको खोजी र तृप्तिमा बित्छन् । अनि, ऊ यौनका अनेकौँ रहस्यहरूको रबिन काट्दै जान्छ र अनुभूतिका नौलानौला आस्वादनको उद्घाटन गर्दै जान्छ । यस क्रममा खोल्साखोल्सी हुँदै सागरसम्म उसको यात्रा निष्कंटक र अविराम गतिमा अघि बढ्छ । अनि, ऊ सोच्छ, यति सुखानुभूतिपूर्ण कुरालाई समाजले किन संकुचित पर्खालहरूमा घेरेर राखेको होला !

उसका चेतनाले भन्छन्, प्रकृतिका सबै सिर्जना सुन्दर छन् तर सबैभन्दा विमुग्धकारी सौन्दर्य स्वास्नीमान्छे हो । उसका निम्ति नारी चिर सुन्दर वस्तु हो र यस्तो विपुल सौन्दर्य सृष्टिका अरू कुनै वस्तुमा हुँदैन । ऊ जहाँजहाँ पुग्छ र जुनजुन अवस्थामा हुन्छ, उसको यो सदिच्छा पूर्ण हुन पुग्छ । उसको मोहित रूप र शारीरकि आकर्षणका अघि विवाहिता कट्टर ब्राह्मणी सीता दिदीदेखि बंगालीबाला सेफालीसम्म सशरीर समर्पित हुन्छन्, बिनाकुनै संकोच र बिनाकुनै पछुतो । अग्निवाटिकाका अधिकांश प्रसंग र प्रस्तुतिले आजको यौनसाहित्यलाई फड्केको छ । यस दृष्टिले यो एउटा अत्यन्तै कलात्मक र सशक्त यौनसाहित्य हो ।

उपन्यासमा उभ्याइएका नारी पात्र यति सजिलै केशरप्रति समर्पित हुनु अलि अस्वाभाविक लाग्छ । आफ्नो जेलजीवनकाल -२०१७-०२४)मा लेखिएको यस उपन्यासमा त्यस समयमा यति स्वच्छन्द शैलीमा यस्ता घटना हुनसक्थे भनेर अनुमान गर्नु त्यति सहज लाग्दैन । यद्यपि, यौनमनोविज्ञानको पाटोलाई भने आख्यानकारले सूक्ष्म रूपमा प्रस्तुत गरेका छन् । महिलाहरू यौन सन्तुष्टिका लागि जुनसुकै नाता र अवस्थामा पनि परपुरुषगमनका लागि तयार हुन्छन् । अग्निवाटिकाले मौन रूपमा दिने सशक्त सन्देश यही हो । आख्यानमा वणिर्त १३ वषर्ीय चञ्चला, ऊभन्दा अलि बढी उमेरकी सेफाली, पूर्ण वयष्क सन्ध्या र सीता गरी चार पात्रामा यौनाशक्तिको प्रयोग गरएिको छ । पात्राहरूलाई आख्यानकारले दुई किसिमले प्रयोग गरेका छन् । पहिला दुई किशोरीलाई यौन रहस्यका लागि र पछिल्ला दुई अविवाहित युवतीलाई तृप्तिका लागि यस कर्ममा आशक्त बनाइएको छ ।

उपन्यासमा यी तमाम घटनालाई यति सहज र छिटो रूपमा उपस्िथत गराइएको छ, ती घटना र वातावरण स्वाभाविक लाग्दैनन् । आजको समाजमा समेत अस्वाभाविक लाग्ने घटना चार दशकअघिको कालखण्डतिर फर्केर विचरण गर्दा अझ दुरुह र अपत्यारलिो लाग्छ । कसैका छोरी र बुहारीमाथि कल्पना गरएिको यो चरम प्रयोग एक जना वेश्या लालीमा पुगेर भने आख्यानकार बढी आदर्शवादी हुन पुग्छन् । नायकले लालीलाई अरू स्त्रीमा जस्तो यौनकर्मी रूप देख्दैन, बरु उसलाई एउटी भाउजूको नातामा बाँधेर आफ्नो स्वभावलाई १ सय ८० डिग्रीको कोणमा परविर्तन गरेको छ । यो आदर्श अरू नारी पात्रलाई नायकले हेर्ने दृष्टिकोणका आधारमा असामान्य लाग्छ । एउटी खाँटी विवाहिता ब्राह्मणीलाई जुन अवस्थामा अस्वाभाविकतासाथ समर्पण गराइएको छ, त्यसभदा पनि अस्वाभाविक त्यतिबेला लाग्छ, जब आफूसँग सहवास गरसिकेको केशरलाई भाउजू सन्ध्याले आफ्नी नन्द सेफालीसँग पनि सहवासका लागि अनुमति दिन्छे ।

यी केही अस्वाभाविक प्रसंगलाई आँखा चिम्लिने हो भने चार दशकअघि यति स्वतन्त्रतापूर्वक यौनचर्चा गर्न सक्नुलाई आख्यानकारको साहस मान्नुपर्छ । भाषा र प्रस्तुतिमा अग्निवाटिका अन्त्यन्तै सुन्दर र परष्िकृत छ । उनले चर्चा गरेका केही अप्राकृतिक कामवासनाले त्यस कालखण्डमा पनि आजजस्तो समलिङ्गी प्रवृत्ति रहेछ भन्ने कुराको छनक दिएको छ । छोटाछोटा कविताले आख्यानकारलाई शृंगारकि कवितामा पनि सिद्धहस्त कविका रूपमा स्थापित गराएका छन् । यस उपन्यासका अनेकौँ विशेषता छन् । यौनलाई सूक्ष्मतम विश्लेषण गर्ने, यसको मनोविज्ञानलाई फेददेखि नै परभिाषित गर्ने र त्यसबेलाको समाजलाई हल्का रूपमै भए पनि वर्णन गर्ने यस उपन्याको मुख्य ध्येय हो । यसमा आख्यानकार सफल छन् । (स्रोत: कान्तिपुर)

Share this clip :